प्रिमियर पछि म्यानचेस्टर सिटीलाई एफए कपको पनि उपाधि
काठमाडौं। म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन भएको छ।
इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर एपफए कपको पनि च्याम्पियन बनेको हो। म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै सिटी एफएकपको च्याम्पियन बनेको हो।
शनिबार राति वेम्वली स्टेडियम लन्डनमा भएको खेलको पहिलो मिनेटमा नै इल्केए गुन्डोगानले गोल गरे पछि प्रिमियर लिग च्याम्पियन सिटीले १-० को अग्रता लिदै सो लिगको उपाधी जित्ने संकेत दिन सुरु गरेको थियो।
उता ३३ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गरे पछि पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे पछि सिटीले पुन अग्रता लिन सफल भयो।
त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन नसक्दा खेल २–१ मा टुंगियो। सो सँगै सिटीले प्रिमियर पछि एफए कपको उपाधी उचाल्न सफल भयो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment