टेक्सासमा भीषण आँधी तीन जनाको मृत्यु, ५० हजार परिवार विद्युत विहीन
टेक्सास। अमेरिकामा भीषण आँधीका कारण ३ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्।
अमेरिकाको टेक्सास राज्यको पेरीटन प्यानह्यान्डल सहरमा आएको भीषण आँधीका कारण तीन जनाको मृत्यु भएको हो।
स्थानीय प्रहरीका अनुसार सो आँधीमा परेर दर्जनौं घाइते भएका छन् भने सयौंलाई सुरक्षित स्थानमा स्थानतरण गर्नु परेको थियो। सो आँधीका कारण सो क्षेत्रमा व्यापक क्षति भएको छ भने धेरै सम्पत्ति नष्ट भएको छ, कति भौतिक सम्पत्ति नष्ट भयो? त्यो छानबिन भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन्।
प्राइटन फायर चीफ पॉल डचरले अहिलेसम्म ३० वटा ट्रेलरमा क्षति पुगेको बताए। धेरै ठाउँमा रुखहरु ढलेका छन्। ओक्लाहोमा र टेक्सासमा करिब ५० हजार मानिसहरु विद्युतविहीन छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment