अमेरिकाले भारतलाई ३० वटा सैन्य ड्रोन दिने

डिसी नेपाल
२ असार २०८० १०:५१
248
Shares

काठमाडौं । भारतको रक्षा मन्त्रालयले बिहीबार अमेरिकाबाट ३० वटा एमक्यु-९बी प्रिडेटर ड्रोन खरिद गर्न स्वीकृत गरेको छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यी ड्रोनको खरिदले भारतीय सेनाको विशेष गरी चीनसँगको सीमा क्षेत्रमा निगरानी गर्ने क्षमतालाई बलियो बनाउनेछ।

रक्षा मन्त्रालयको यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको केही दिन अगाडि आएको हो ।

तीन अर्ब अमेरिकी डलरको यो खरिद सम्झौता आगामी साता प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँगको वार्तापछि घोषणा हुन सक्ने अनुमान गरिएको छ ।

रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको रक्षा अधिग्रहण परिषद्को बैठकमा यसको खरिद प्रस्तावलाई अनुमोदन गरिएको थियो। भारतीय सेनाका तीनवटै भागले यो ड्रोन प्रयोग गर्न सक्छन् र यसमा समुद्री निगरानीबाट दुश्मनको पनडुब्बीलाई निशाना बनाउने क्षमता छ।

समाचार एजेन्सी पीटीआईले आफ्नो रिपोर्टमा भारतीय नौसेनालाई १४ ड्रोन र वायुसेना र सेनालाई ८-८ ड्रोन दिन सकिने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *