अष्ट्रेलियाले रुसलाई नयाँ दूतावास निर्माण गर्न रोक्यो, यस्तो कारण देखायो
काठमाडौं । अस्ट्रेलियाले राजधानी क्यानबेरामा रुसलाई नयाँ दूतावास निर्माण गर्नबाट रोक्ने कानुन पारित गरेको छ ।
यो नयाँ दूतावास अस्ट्रेलियाको संसद नजिकै निर्माण गर्ने प्रस्ताव गरिएको थियो ।
प्रधानमन्त्री एन्टोनी अल्बानीजले संसदमा यो कानूनको प्रस्ताव गरे र केही घण्टापछि संसदले पारित गरेको हो।
गुप्तचर निकायको सल्लाहपछि यस्तो गरिएको उनले बताए ।
रुसको यो दूतावासबाट अष्ट्रेलियाको गुप्तचर सूचना लीक हुने डर थियो ।
विज्ञहरूका अनुसार रुसले दूतावासमार्फत जासुसी गर्न सक्ने अष्ट्रेलियालाई डर थियो।
यस कदमको आलोचना गर्दै रुसले यसलाई रुसोफोबिक (रुसको डर) भनेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment