ग्रीसमा डुबेको आप्रवासीहरूले भरिएको डुङ्गामा १०० बालबालिका थिए

डिसी नेपाल
२ असार २०८० १०:५२
32
Shares

काठमाडौं । ग्रीसमा करिब १०० बालबालिकासहित आप्रवासीहरूले भरिएको डुङ्गा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा बाँचेकाहरुले यसबारे जानकारी दिएका छन् ।

यस दुर्घटनामा ७८ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर धेरै मानिस अझै बेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्छ । समाचार अनुसार यो डुङ्गामा ७५० जना सवार थिए ।

ग्रीसको सरकारी टेलिभिजन ईआरटीका अनुसार दुर्घटनामा संलग्न रहेको आशंकामा हालसम्म १२ जनालाई हिरासतमा लिइएको छ।

ग्रीक कोस्टगार्डको आलोचना भइरहेको छ कि उनीहरूले पहिले नै यो डुङ्गा आप्रवासीहरूले भरिएको देखेका थिए र दुर्घटनाको सम्भावना हुँदाहुँदै पनि उनीहरूले सावधानी अपनाएनन्।

तर अधिकारीहरूले कोस्टगार्डको बचाउ गर्दै भने कि उनीहरूले आप्रवासीहरूलाई मद्दत प्रस्ताव गरेका थिए तर उनीहरूले सहयोग स्वीकार गर्न अस्वीकार गरे।

डुंगाको मुनिमा करिब एक सय बालबालिका र धेरै महिला रहेको उपचारका लागि आएका चिकित्सकले बताएका छन् ।

बाँचेका अधिकांश पुरुष रहेको चिकित्सकले बताएका छन् । यसले धेरै बालबालिका र महिला दुर्घटनाको सिकार हुने आशंका बढाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *