एकीकृत समाजवादीले बाेलायाे संसदीय दलको बैठक
काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) पार्टीले आज आफ्नो संसदीय दलको बैठक बाेलाएकाे छ।
बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार उक्त बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ।
सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment