अवरुद्ध बाटो खुलाउन पहल

डिसी नेपाल
२० असार २०८० ११:२४
112
Shares

सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ। चार दिनदेखि अवरुद्ध बाटो खुलाउन आज बिहानैदेखि सुरु गरिएको छ।

गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुसार डोजरको सहयोगमा बाटो खोल्ने काम भइरहेको छ। यसका लागि नाम्खा गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेको छ। अवरुद्ध बाटो चाँडै सञ्चालनमा आउने अध्यक्ष लामाले बताए।

यस्तै ताक्रुखोलामा काठेपुल बनाउन लागिएको लामाको भनाइ छ। त्यहाँ हिल्सा–सिमकोट सडकखण्डको मोटरेबल पुलसमेत बन्दै छ। वर्षाको समयमा पानीको बहाव बढ्ने भएकाले सवारी आवतजावतका लागि काठेपुल बनाउन लागिएको अध्यक्ष लामाले बताए। सो बाटो नभएर हुम्लाका अधिकांश बासिन्दा चीनको पुलाङ काउन्टी रोजगारीका लागि जाने गरेका छन्। अहिले आवतजावत रोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *