सरकारले एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जान्छ : कानूनमन्त्री गुरुङ

डिसी नेपाल
३० असार २०८० १७:०५
44
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकलाई सुशासनतर्फ अघि बढाउन एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जाने बताएका छन् ।

उज्यालो भविष्य संस्थाको वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले विगतदेखि नै भ्रष्टाचारका कारण मुलुक अघि बढ्न नसकेको भन्दै अव मुलुकलाई सुशासनतर्फ अघि बढाउन एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जाने बताएका हुन् ।

उनले यसअघि भ्रष्टाचारका मुद्धामा अनुसन्धान अघि बढाउदा दलहरुकै नेता मुछिएपछि अनुसन्धान नै रोकिने गरेकाले अव भने भ्रष्टाचारका फाइल खोल्दा कसैको अनुहार नहेर्ने स्पष्ट पारे । अहिले अनुसन्धान अघि बढाएका फाइलहरु यसअघि जस्तो बिचैमा बन्द नहुने उनको भनाइ छ । उनले भ्रष्टाचारीहरु मिलेर हटाउन खोजेपछि त्यसको सामना गर्न तयार रहेको जिकिर गरे । मन्त्री गुरुङले आफ्नो अनुहारमा दाग बोकेर ऐना पुछ्ने प्रवृतिले राजनीतिमा समस्या बढेको भन्दै अनुहारको दाग पुछ्ने काम मात्रै भएपनि नेपालको राजनीति सुध्रने बताए ।

उनले राजनीतिमा लागेका व्यक्तिहरुले जनताको निराशालाई आशामा बदल्न सक्नुपर्ने भन्दै बदल्न नसके राजनीतिक छाड्न तयार हुनुपर्ने पनि धारणा राखे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *