सहकारीको समस्या समाधान गर्न विश्वप्रकाश शर्माले गराए सरकारको ध्यानाकर्षण

डिसी नेपाल
३१ असार २०८० १५:५४
48
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सहकारीकर्मीसंग छलफल गरेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा शर्माले लामो समयदेखि सहकारीकर्मीहरु आन्दोलित भएको अवस्थामा सरकारले उनीहरुसंग छलफल गरेर समस्याको समाधान गर्न ध्यानाकर्षण गराएका हुन्।

उनले केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएको भन्दै यसलाई सरकारले उचित तवरले नियमन गर्नुपर्ने धारणा राखे। त्यस्तै उनले लामो समयदेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक नबढाएको भन्दै तत्काल न्यूनतम ज्याला निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.