३ प्रस्तावित राजदूतबारे संसदीय सुनुवाई हुँदै
काठमाडौं । प्रस्तावित ६ राजदूतमध्ये आज ३ जनाका बारेमा संसदीय सुनुवाई हुँदैछ। सरकारले विभिन्न देश तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका राजदूतहरुको दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संसदीय सुनुवाई समितिमा सुनुवाई हुन लागेको हो ।
संयुक्त अरब इमिरेट्सका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल र थाइल्यान्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओलीमाथि संसदीय सुनुवाई हुनेछ ।
बुधबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगका आवासीय प्रतिनिधिमा सिफारिस लोकबहादुर थापा, जेनेभास्थित स्थायी नियोगमा सिफारिस राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईमाथि संसदीय सुनुवाई सकिएको छ ।
गत असार २६ गते मन्त्रिपरिषद बैठकले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको हो । प्रस्तावित राजदूतहरु संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।







डिसी नेपाल








Facebook Comment