एनआईसी एसिया बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
१८ साउन २०८० ११:३५
232
Shares

काठमाडौं। बिक्रीमा राखिएको एनआईसी एसिया बैंकको ४ लाख कित्ता सेयरमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ।

बैंकले गत साउन ९ गतेबाट संस्थापक समूहको ४ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन पाइनेछ।

यो सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाण्डौको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटलमा पेस गर्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *