घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

डिसी नेपाल
२२ साउन २०८० ११:४५
7.6k
Shares

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार नेपाली बजारमा सुनको मूल्य घटेको जनाएको छ।

महासंघले आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जनाएको हो।

मूल्य घटेसँगै साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, साेमबार चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *