सांसद सुनील शर्मा पक्राउ परेपछि कांग्रेसले के भन्यो ?
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सांसद सुनील शर्मा पक्राउबारे सम्बन्धित निकायबाट जानकारी लिएर मात्रै धारणा सार्वजनिक गर्ने जनाएको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको संसदीय दल कार्यसमिति बैठकपछि मुख्य सचेतक रमेश लेखकले सांसद सुनील शर्मा पक्राउबारे बैठकमा छलफल भएको र आधिकारीक जानकारी लिएपछि मात्रै धारणा सार्वजनिक गर्ने बताएका हुन् । यस बिषयमा सभामुख र सिआइबीसंगपनि जानकारी लिइने उनले बताए ।
त्यस्तै बैठकमा शुक्रबार बस्ने संसदीय दल बैठकको एजेण्डमाथि छलफल भएको जानकारी दिए । दल बैठकमा सदनको अवरोध, बजेटका विषय, बिधेयक लगाएतका विषयमा छलफल हुने लेखकले बताए । लेखकले सदनको अवरोध अन्त्य गर्न कांग्रेसले निरन्तर प्रयास गरेको र सबै दलसंग छलफलमा नै रहेको बताए ।







डिसी नेपाल








Facebook Comment