नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा ८ वर्ष अघि नै फरार भएका थिए सुनील शर्मा
‘अप्रेसन क्वाक’ छलेका शर्मा अपरेसन ‘चार्ली फोक्टर’मा समातिए
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले)ले पक्राउ गरेका सांसद सुनिल शर्मा आठ वर्ष अघि नै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा फरार भएका थिए।
सिआइबीका तत्कालीन प्रमुख नवराज सिलवालले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी डाक्टर बनेका विरुद्ध ‘अप्रेसन क्वाक’ सञ्चालन गर्दा भागेर जापान र जापानबाट दुबई पुगेका शर्मा राजनीतिक पहुँचकै आधारमा उम्केका थिए।
२०७३ सालमा सिआइबीका तत्कालीन प्रमुख डिआइजी सिलवालले ‘अप्रेसन क्वाक’सञ्चालन गर्दा फरार भएर दुबई पुग्दा उनलाई पक्राउ गर्न सिआइबीको टोली दुबई नै गएको थियो।
यद्यपि उनी त्यतिबेला पक्राउ पर्न सकेनन् र हालसम्म राजनीतिक आडमा मुद्दालाई तामेलीमा राख्न सफल भई मोरङ ३ बाट सांसद समेत जितेर प्रतिनिधि सभामा आए। त्यतिबेला ‘अप्रेसन क्वाक’ छलेका शर्माले यतिबेला अपरेसन ‘चार्ली फोक्टर’भने छल्ल सकेनन्।
नेपाल मेडिकल काउन्सिलले गरेको निरीक्षणका क्रममा नोबेलमा ४६ जना नक्कली प्राध्यापक राखेको भेटिएपछि उनको अपाराधिक धन्दा चर्चाका आएको थियो। शर्माको विगत आर्थिक अपराध कर छलीसँग पनि जोडिएको छ। नोबेल मेडिकल कलेजले राजस्व छल्न आफ्नो सम्पत्तिको मूल्य वास्तविकभन्दा कम राखेको पाइएको छ।
सिआइबीले अहिलेको यो अप्रेशनको नाम ‘चार्ली फोक्टर’ राखेको थियो। सिआईबीले २०७३ को जेठको अन्तिम साता अप्रेशन क्वाक सञ्चालन गर्दा देशभरबाट २६ जना डाक्टर पक्राउ पर्दा उनी उम्किएका थिए।
उनी नभेटिएपछि भने उनलाई फरारको सूचीमा राख्दै दोस्रो चरणमा ४ असारमा २६ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरु पक्राउ गर्दा डा. शर्मा सम्पर्कमा नआएकाले पक्राउ गर्न नसकेको जनाएको थियो।
त्यतिबेला सिआईबीले दोस्रो पटक सुनील शर्मासहित नक्कली प्रमाणपत्रधारी डाक्टरहरु पक्राउ गर्ने गरेर २६ असारमा सार्वजनिक गर्ने योजनामा बनाएपनि उनी पक्राउ पर्न सकेका थिएनन्।
सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले नक्कली डाक्टर खोजी गर्ने सिआइबीको नक्कली शैक्षिक प्रमापत्रधारीको खोजी गर्न बनाइएको अपरेसन ‘चार्ली फोक्टर’ अन्तर्गत शर्मा पक्राउ परेका बताइन्।
‘पुरानो मुद्दाहरु अनुसन्धान भइरहेको थियो, त्यसकै निरन्तरता हो हामी अनुसन्धान गर्दैछौं,’ एआइजी किरण बज्रचार्यले भनिन्।
सिआईबीका अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्रमा नक्कली रहेको छ। उनी १० वर्ष अघि नै मेडिकल काउन्सिललाई झुटो विवरण दिएर करोडौँ रुपैयाँ अनियमितता गरेको आरोपित व्यक्ति थिए।
त्यतिमात्र होइन मेडिकल कलेजले सम्बन्धन पाउन केही मापदण्ड पुर्याउनुपर्ने हुन्छ । तर, पूर्वाधार नै नपुर्याएको नोबेल कलेजले शैक्षिक सत्र २०७१/७२ मा एमबीबीएसमा १५० र बीडीएसमा ५० सिट पाएको पाएपछि उनी निकै चर्चामा आएका थिए।
नेपाल मेडिकल काउन्सिलले गरेको निरीक्षणका क्रममा नोबेलमा ४६ जना नक्कली प्राध्यापक राखेको भेटिएपछि उनको अपाराधिक धन्दा चर्चाका आएको थियो। शर्माको विगत आर्थिक अपराध कर छलीसँग पनि जोडिएको छ।
नोबेल मेडिकल कलेजले राजस्व छल्न आफ्नो सम्पत्तिको मूल्य वास्तविकभन्दा कम राखेको पाइएको छ। भौतिक संरचना निर्माण गर्न लिएको ब्यांक ऋण अन्यत्रै लगानी गरेको उनीमाथि आरोप लागेको छ।
अर्बौंको सम्पत्ति भएको नोबेलमा अहिले पनि गलत उपचार गराउने, पीडितलाई धम्क्याउने, प्रशासनको आडमा नियन्त्रणमा राख्ने गरेको तथा सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ध्वस्त पारेको आरोप स्थानीयले लगाउने गरेका छन्।
जानकारहरुका अनुसार तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कलेजलाई सम्बन्धन दिलाइदिएपछि सेयरधनी बनेर शर्मा नोबेलमा भित्रिएका थिए।
त्यसपछि आफ्नै साझेदारहरुलाई नेकपा माओवादी निकट रहेको वाइसिएल लगाएर साझेदारलाई कुटपीट गराएको आरोप पनि उनीमाथि छ। नेकपा माओवादीका नेता वर्षमान पुनसँग पनि उनको निटक सम्बन्ध रहेको छ।







डिसी नेपाल








Facebook Comment