कोशीका मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै अनसन बसेका युवक पक्राउ

डिसी नेपाल
७ भदौ २०८० १९:३८
396
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै अनसन बसेका युवक पक्राउ परेका छन्। प्रहरीले सर्वोच्च अदालतको गेटमा अनसन बस्न गएका देव शर्मालाई पक्राउ गरेको हो।

कोशी प्रदेश सरकारमा मुख्यमन्त्री र सत्तागठबन्धनका सांसदहरुले संविधान विपरित गतिविधि गरेको भन्दै शर्मा सर्वोच्चमा रिट दर्ता गर्न पुगेका थिए। तर, सर्वोच्चले उनको रिट दर्ता नगरेपछि अनसन बसेका हुन्।

शर्मा कोशी प्रदेश स्थित विराटनगका युवा हुन्। उनी सामाजिक तथा राजनीतिक क्रियाकलापमा पछिल्लो समय निकै सक्रिय रहँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *