नेपाली भूमिमा एसएसबीले बनाएको क्याम्प सशस्त्रले हटायो
कञ्चनपुर । भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा राखेको क्याम्प(ब्यारियल) हटाइएको छ।
बिहीबार बेलौरी नगरपालिका–१० भुडामा नेपाली भूमिमा भारतीय एसएसबीले राखेको क्याम्प हटाइएको छ। सशस्त्र प्रहरी बीओपी भुडा र एसएसबी क्याम्प कम्बोजनगरको संयुक्त टोलीले नेपाली भूमि राखेको ब्यारिएल हटाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए।
‘नेपाली भूमिमा ब्यारियल तथा क्याम्प राखेको जानकारी पाएपछि त्यसलाई सशस्त्र प्रहरीद्धारा हटाएका छौं,’ अधिकारीले भने, ‘नेपाली भुमिमा ब्यारियल लगाउन पाइँदैन, नेपालतर्फ बनाएको ब्यारियल बिहानै हटाएका छौं।’ बेलौरी नगरपालिका–१० भुडाबाट भारतीय बजार कम्बोजनगर जाने बाटोमा एसएसबीले क्याम्प राखेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment