बागमतीका तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा
काठमाडौं । बागमती सरकारले भदौ २२ गते प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा काठमाडौं बूढानीलकण्ठ–५ की कृष्णकुमारी बस्नेतलाई नियुक्त गरिएको छ।
बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment