एसिया कप : भारत–पाकिस्तान क्रिकेट खेलअघिको मौसम कस्तो छ ?

डिसी नेपाल
२४ भदौ २०८० १४:४२
1.3k
Shares

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरको खेलमा आइतबार परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन् ।

तर, एसिया कपको अघिल्लो भारत–पाकिस्तान खेलजस्तै यस खेलमा पनि वर्षाको सम्भावना छ । मौसम पूर्वानुमानका अनुसार खेलको समयमा पानी पर्ने सम्भावना ३४ देखि ४९ प्रतिशत रहेको छ ।

टसको समयमा अर्थात् दिउँसो २.३० बजे पानी पर्ने सम्भावना ३४ प्रतिशत छ । त्यसबेला तापक्रम २७ डिग्री र आर्द्रता ८६ प्रतिशत रहने र मध्यम गतिमा हावा चल्ने अनुमान गरिएको छ ।

राति ११.३० बजे पानी पर्ने सम्भावना सबैभन्दा बढी ४९ प्रतिशत छ । साँझ ४.३० बजे अधिकतम आर्द्रता ९१ प्रतिशत हुनसक्छ ।

वर्षाका कारण खेल अवरुद्ध भएमा रिजर्भ डे पनि राखिएको छ । वर्षाका कारण आइतबार खेल हुन नसकेमा सोमबार खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.