भारतसँगको खेलअघि पाकिस्तानको एकदिवसीय वरियता खस्कियो

डिसी नेपाल
२४ भदौ २०८० १५:३९
12.3k
Shares

काठमाडौं । एसिया कप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीचको खेल हुँदैछ । यो खेलअघि आईसीसीको एकदिवसीय वरियतामा परिवर्तन भएको छ ।

अहिलेसम्म एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो नम्बरमा थियो तर अहिले अस्ट्रेलिया नम्बर एकमा आएको छ ।

शनिबार भएको एकदिवसीय खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १२३ रनको ठूलो अन्तरले पराजित गरेपछि अंकमा फेरबदल भएको थियो र टोली पहिलो स्थानमा पुगेको थियो ।

२५ खेल र ३०१४ अंकसहित अष्ट्रेलियाको टोली पहिलो नम्बरमा छ । पाकिस्तान टोली २९९८ अंक र ११४ रेटिङका ​​साथ दोस्रो स्थानमा छ । भारतीय टोली ११४ रेटिङ अंकसहित तेस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.