भारत-पाकिस्तान खेलमा आज पनि मौसमको अवरोध, खेल सुरु हुन ढिलाइ
काठमाडौं । एसिया कपमा भारत र पाकिस्तानबीचको खेल निर्धारित समयमै सुरु हुने सम्भावना छैन ।
यो खेल हिजो (आइतबार) सुरु भएको हो । आइतबार मात्र २४.१ ओभरको खेल हुन सकेको थियो । जसमा भारतीय टोलीले दुई विकेट गुमाएर १४७ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल हुन सकेन ।
आज (सोमबार) खेलको रिजर्भ डे हो । खेल ३ बजे सुरु हुने थियो । बिहान आकाश सफा भएपनि पानी पर्न थाल्यो ।
समाचार एजेन्सी एएनआईका अनुसार कोलम्बोमा बादल र पानी परिरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment