तीजको अवसरमा विश्व कीर्तिमानी कल्पनाले गराइन् क्लाइम्बिङ

डिसी नेपाल
२६ भदौ २०८० १६:५०
176
Shares

काठमाडौं। विश्व कीर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले उपत्यकाभित्रका महिलाहरुलाई क्लाइम्बिङ गराएकी छिन्। काठमाडाैंको धुम्बाराहीमा रहेको पासाङ ल्हामु  स्पोटर्स क्लाइम्बिङमा कल्पनाले तीजको अवसरमा विभिन्न विधाका व्यक्तिहरुलाई सहभागी गराएकी हुन् ।

संस्कृति र साहस सँगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा महिलालाई क्लाइम्बिङ गराइएको हो । महिलाहरुले त्यहाँ रहेको स्पोर्टस् क्लाइम्बिङमा क्लाइम्बिङ गरेका थिए । साथसाथै तीजको गीतमा नाचेर रमाइलो पनि गरेका थिए ।

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु गरिएको कल्पनाले बताइन् । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम तय गरिएको उनले जनाइन् ।

माउन्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रममा सफल महिला समूहका महिला दिदीबहिनीहरु, भास्सरा मा.विका विद्यार्थीहरुको साथै ललितपुर महानगरपालिका वडा नं. २३ का बाल क्लबहरुका भाइबहिनीहरु सहभागी भएका थिए । सहभागीहरुले क्लाईम्बिडको अनुभव लिनुका साथै रमाइलो गरेर तीज मनाएका थिए ।

नेपालमा भइरहेको आरोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको नाम नै तीज अन द वाल राखिएको जनाइएको छ ।

आरोही कल्पना महर्जनले विगत केही वर्षदेखि नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको उपलक्ष्यमा यसरी नयाँ पुस्तालाई नेपाली संस्कृतिको महत्व बुझाउँदै सिकाउँदै साहसिक बन्न प्रेरणा दिँदै आइरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.