मुख्य प्रशिक्षक बर्खास्त गरे पछि जर्मनीको पहिलो जीत
बर्लिन। मुख्य प्रशिक्षक बर्खास्त गरे पछिको पहिलो खेलमा जर्मनीले जीत हासिल गरेको छ। लगातार खराब प्रदर्शन पछि मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेको जर्मनीले त्यसपछि पहिलो खेलमै जित हात पारेको हो।
जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई २-१ ले पराजित गरेको हो। यसअघिका पाँच खेलमा जर्मनी नतिजाविहीन भएपछि जर्मनीले मुख्य प्रशिक्षक फ्लिपलाई बर्खास्त गरेको जनाएको थियो। त्यसपछि सहायक प्रशिक्षक रुडी भोलरको प्रशिक्षणमा घरेलु मैदान सिगनल इडुना पार्कमा जर्मनीलाई मैदानमा उतारेको थियो।
पफ्रान्ससँगको मैत्रीपूर्ण खेलमा जर्मनीका तर्फबाट थोमर मुलर र लरेय सानेले गोल गरेर जीतविहीन अवस्थालाइ टुंग्याएका हुन्। सो खेलमा फ्रान्सका एन्टोइन ग्रीजमनले एक गोल फर्काएका थिए।
खेलको सुरूवातीमा नै जर्मनीले जादु देखाउन सुरू गरेको थियो। खेल सुरू भएको चौथो मिनेटमै थोमस मुलरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए भने खेल सकिन लागेको बेलामा सानेले ८७औं मिनेटमा गोल गरी जर्मनीको अग्रता दोब्बर पारिदिएका हुन्।
निकै रोमाञ्चक बनेको उक्त प्रतिस्पर्धाको ८९औं मिनेटमा फ्रान्सले पेनाल्टी पायो र त्यसमा ग्रीजमनले गोल गरेका थिए । अन्ततः खेल २-१ जीत हासिल गर्न जर्मनी सफल भयाे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment