महसा अमिनीको मृत्युको पहिलो वार्षिकोत्सवको अवसरमा इरानमा सुरक्षा व्यवस्था कडा

डिसी नेपाल
३१ भदौ २०८० ११:५९
72
Shares

काठमाडौं । महसा अमिनीको मृत्युको पहिलो वार्षिकोत्सवको अवसरमा इरानमा रहेको उनको घर वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा महिनौंसम्म सरकार विरोधी प्रदर्शन जारी रह्यो।

एक मानव अधिकार समूहले भनेअनुसार उनका बुबाले घर छोड्न खोज्दा सुरक्षा बलहरूले हिरासतमा लिएका थिए।

मानवअधिकार संगठनका अनुसार सुरक्षा बलले महसा अमिनीका बुबालाई छोरीको चिहानमा कुनै पनि प्रकारको समारोह नगर्न चेतावनी दिएको छ।

इरानको सडकमा नयाँ प्रदर्शन हुन नदिन सरकारले यस अवसरमा देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।

हिजो राति इरानका धेरै सहरमा सडकमा सरकार विरोधी नाराहरु सुनिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *