विद्यालय बन्द गरेर आन्दोलन गरे शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

डिसी नेपाल
३ असोज २०८० १७:०१
56
Shares

काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा उत्रिएका छन् । तर, काठमाडौं महानगरपालिकाले भने विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

विद्यालय बन्द गर्ने र गर्न बाध्य बनाएर विद्यार्थीको पढ्न पाउने अधिकार हनन् गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘सामूहिक सौदाबाजीका माग राख्ने र पुरा गर्ने आफ्नै विधि, प्रक्रिया र पद्धति हुन्छन् ।  कोरोनाले प्रभावित भएको शिक्षा क्षेत्र सुधारोन्मुख रहेका बखत विद्यालय बन्द गरेर पुनः शैक्षिक क्षति गर्नु शिक्षकको नैतिकता र आचरणले दिँदैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *