रुसी सेनाका कमाण्डरहरूमाथि युक्रेनको आक्रमण, धेरै मारिए

डिसी नेपाल
७ असोज २०८० १३:००
424
Shares

काठमाडौं । युक्रेनले शुक्रबार सेभास्टोपोलमा मिसाइल आक्रमणको बारेमा थप जानकारी दिएको छ। युक्रेनले क्राइमियामा क्षेप्यास्त्र आक्रमण नौसेना कमाण्डरहरूको बैठकलाई लक्षित गर्न गरेको बताएको छ।

एक संक्षिप्त विज्ञप्तिमा, युक्रेनको सेनाले आक्रमणमा धेरैको मृत्यु र घाइते भएको दाबी गरेको छ। तर, थप जानकारी दिइएको छैन ।

रुसको ब्ल्याक सी फ्लीटका कमाण्डरहरुको बैठकलाई लक्षित गरी यो हमला गरिएको हो । शुक्रबार रुसले आक्रमणपछि एक सैनिक बेपत्ता भएको बताएको थियो ।

रुसको ब्ल्याक सी फ्लीटको सेभास्टोपोल, क्रिमियामा बेस छ। यो रूसी नौसेनाको सबै भन्दा राम्रो समूह मानिन्छ।

युक्रेनी सेनासँग सम्बन्धित एक स्रोतले बीबीसीलाई यस हमलामा स्टर्म स्याडो मिसाइल प्रयोग गरिएको बताएको छ। युक्रेनले यी मिसाइल बेलायत र फ्रान्सबाट प्राप्त गरेको छ ।

युक्रेनी सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस आक्रमणमा दर्जनौं कब्जाकर्ता मारिएका र घाइते भएका छन्। यसमा फ्लीट व्यवस्थापनसँग सम्बन्धित शीर्ष व्यक्तिहरू समावेश छन्।”

युक्रेनका गुप्तचर प्रमुख क्रिलो बुडानोफले आक्रमणमा समूहका दुई शीर्ष कमाण्डरहरू नराम्ररी घाइते भएको बताएका छन्। उनले आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको पनि दाबी गरेका छन् ।

युक्रेन युद्धमा दुवै पक्षले गरेका धेरै दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन।

रुस र युक्रेन दुवैले रणभूमिमा जारी लडाइँलाई लिएर फरक–फरक दाबी गर्दै आएका छन् ।

शनिबार पनि रुस नियन्त्रित सहर सेभास्टोपोलमा मिसाइल हमला भएको थियो । यहाँ तैनाथ रुसी गभर्नर मिखाइल राजभोजायेभले मिसाइलको भग्नावशेष खसेको बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *