क्यानडाले भारतीय कूटनीतिज्ञको निगरानी र जासुसी गर्दै

डिसी नेपाल
७ असोज २०८० १५:१९
136
Shares

काठमाडौं । खालिस्तानी नेता निज्जरको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाउनुअघि क्यानडाले भारतीय कूटनीतिज्ञहरूको निगरानी गरेको थियो। एक क्यानडाली अधिकारीले समाचार एजेन्सी एपीलाई यो जानकारी दिए। क्यानडाले त्यहाँ उपस्थित भारतीय अधिकारी र कूटनीतिज्ञमाथि निगरानी गरिरहेको अधिकारीले बताए ।

यसबाहेक फाइभ आइज देशका सदस्यहरूले पनि क्यानडालाई गुप्तचर सूचना सङ्कलन गर्न मद्दत गरेका थिए। क्यानाडाली मिडिया सीबीसीको रिपोर्टका अनुसार भारतीय कूटनीतिज्ञहरूको सञ्चार अर्थात् उनीहरूले कसलाई भेटे, कोसँग कुरा गरे, यी सबै ट्र्याक गरिएको थियो।

सीबीसीले एक क्यानाडाली अधिकारीलाई उद्धृत गर्दै दाबी गरेअनुसार जब भारतीय अधिकारीहरूलाई बन्द ढोका पछाडि दबाब दिइयो, उनीहरूले निज्जरको हत्यामा भारत सरकारको हस्तक्षेपको प्रमाण रहेको कुरालाई अस्वीकार गरेनन्।

यसबाहेक निज्जरको हत्याको अनुसन्धानमा सहयोग लिन क्यानडाका अधिकारीले पटकपटक भारत भ्रमण गरेको पनि मिडिया रिपोर्टमा उल्लेख छ । क्यानेडियन एनएसए जोडी थोमस अगस्टमा ४ दिनको लागि भारतमा थिए। यसबाहेक उनी यस वर्ष क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग ५ दिनको लागि भारत आएका थिए ।

क्यानाडाका प्रधानमन्त्री ट्रुडोले न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको बैठकपछि आफूले हतारमा होइन, पूर्ण गम्भीरताका साथ भारतविरुद्ध आरोप लगाएको बताएका थिए । तर, क्यानडाले अहिलेसम्म आफ्नो आरोपबारे कुनै प्रमाण पेश गरेको छैन।

क्यानडासँगको तनाव बढ्दै गएपछि भारतले क्यानाडाली नागरिकका लागि भिसा सेवा बन्द गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका थिए– क्यानडास्थित हाम्रो कूटनीतिक इकाईलाई धम्की आएको छ । आफ्नो काम गर्न सक्ने अवस्था छैन । यही कारणले भिसा सेवा बन्द गरिएको हो । बागचीले क्यानडाले आतंकवादीलाई आश्रय दिएको आरोप पनि लगाएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *