एसियाली खेलकुद क्रिकेटः नेपालले आज मंगोलियासँग प्रतिस्पर्धा गर्दै

डिसी नेपाल
१० असोज २०८० ६:३५
156
Shares

काठमाडौं। नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ। १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता पहिलो खेलमा नेपालले मंगोलियासँग प्रतिस्पर्धा गर्न लागेको हो।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा सो प्रतिस्पर्धा हुनेछ। सो खेल नेपाली समय अनुसार बिहान ६ः ४५ मा बजेबाट सुरु हुनेछ।

टी २० आई मान्यता प्राप्त उक्त खेलमा मंगोलियाले भने पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो, हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेट मंगोलियाले खेलेको अनुभव छैन। नेपालले कमजोर मानिएको टिम मंगोलियासँग बिभिन्न रेकर्ड राख्ने अवसर प्राप्त हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *