पाकिस्तानी टोलीको भारतमा भव्य स्वागत, बाबर आजमले शेयर गरे स्टोरी
काठमाडौं । विश्वकप क्रिकेटमा सहभागी हुन पाकिस्तानी क्रिकेट टोली बुधबार भारत पुगेको छ । पाकिस्तानी खेलाडीहरू हैदरावाद एयरपोर्टमा पुग्दा फ्यानहरूको भीडले टोलीका कप्तान बाबर आजम र अन्य खेलाडीलाई न्यानो स्वागत गरे।
सन् २०१६ पछि पहिलो पटक पाकिस्तानी टोली भारत आएको छ । बाबर आजमले इन्स्टाग्राममा एक स्टोरीमा लेखेका छन्, ‘हैदराबादका जनताको माया र समर्थन देखेर म अभिभूत छु ।’
विश्वकप क्रिकेटको ठूलो खेल अक्टोबर ५ मा हुँदैछ । पाकिस्तानी टोलीले सेप्टेम्बर २९ मा न्यूजिल्याण्डसँग उद्घाटन अभ्यास खेल खेल्नेछ।
समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तानी खेलाडीहरूले यात्रा तालिकाभन्दा ४८ घण्टाअघि भिसा पाएका थिए। दुई देशबीचको तनावपूर्ण सम्बन्धका कारण यी टोलीहरू एसिया कप र आईसीसी प्रतियोगितामा मात्रै आमनेसामने भएका थिए।
पाकिस्तान क्रिकेट बोर्ड व्यवस्थापन समितिका प्रमुख जाका अशरफले टोली प्रस्थान गर्नुअघि पत्रकारहरूसँग भने, “बीसीसीआईले सबै टोलीलाई कडा सुरक्षा प्रदान गर्ने र राम्रोसँग हेरचाह गरिने आईसीसीलाई आश्वासन दिएको छ। त्यसैले हामी आशावादी छौं र हामीलाई लाग्छ कि उनीहरूको हाम्रो टोलीको लागि व्यवहार फरक हुनेछ। मलाई लाग्दैन कि हाम्रो टोलीमा कुनै समस्या छ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment