उपप्राध्यापक चलाउनेमाथि आक्रमणमा संलग्न एक जना दुई वर्ष पछि पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा संलग्न एक जना अभियुक्तलाई पक्राउ गरेको छ।
बिहीबार प्रहरीले सयुस श्रेष्ठलाई रातोपुलबाट पक्राउ गरेको हो। पाटन उच्च अदालतको आदेशको अवज्ञा गर्दै साढे दुई वर्षदेखि फरार रहेका श्रेष्ठ आज पक्राउ परेका हुन्।
आक्रमणमा संलग्न नेविसंघका सात जना मध्ये दुई जना फरार रहेका थिए। यसअघि नै पक्राउ परेकाहरूलाई पाटन उच्च अदालतले जनही पाँच लाख धरौटीमा रिहा गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment