घुस लिने विद्युतका कर्मचारीविरुद्ध मुद्दा दायर

डिसी नेपाल
१६ असोज २०८० १७:४७
44
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

एक उद्योगमा विद्युत्को क्षमतामा वृद्धि गरिदिए वापत महतोलाई सेवाग्राहीसँग २५ हजार घुस माग गरिरहेको अवस्थामा गत भदौ १९ गते पक्राउ गरिएकोमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

आरोपी महतोलाई बिगो बमोजिम कारवाहीको माग गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *