बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्काल सुरु गरिने
काठमाडौं । बझाङका भूकम्प पीडितलाई तत्काल राहत दिने प्रक्रिया सुरु गरिने भएको छ । सिंहदरबारमा आज बिहान बसेको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिटोभन्दा छिटो राहत दिने प्रक्रिया सुरु गरिने बताएका हुन्।
उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने पनि बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुननदिने प्रतवद्धतासमेत व्यक्त गरेका छन्।
बझाङमा गत मंगलबार दिउँसो ३स्०६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका धेरै ठाउँमा व्यक्तिगत घर तथा सार्वजनिक भवनहरू भत्किएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment