स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली
काठमाडौं। चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित टोलीलाई स्वागत गरिएको थियो।
स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएको बताए। तर, खेल भने राम्रो भएको उनको भनाइ छ।
क्वार्टरफाइनलमा भारतसँग पराजित भएको विषयमा उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको जानकारी दिए।
नेपालले आफ्नो पहिलो खेलमा मंगोलियाविरुद्ध ३१४ रनको विशाल योगफल खडा गरेर १० वटा विश्व कीर्तिमान बनाएकबो थियो। उक्त खेलमा नेपाल २७३ रनको विशाल अन्तरले विजयी बन्दा दोस्रो खेलमा पनि माल्दिभ्सविरुद्ध १३८ रनको शानदार जित हात पारेको थियो।
विश्व कीर्तिमानको ओइरो लगाएर एसियाड यात्रा समाप्त गरेर नेपाल फर्किएको बिहान क्रिकेट टोलीको त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा भव्य स्वागत गरिएको छ।







डिसी नेपाल







Facebook Comment