विश्वकप क्रिकेट सुरु, उद्घाटन खेलमा न्युजिल्याण्डले टस जितेर बलिङ गर्दै
काठमाडौं । विश्वकप क्रिकेटको पहिलो खेल न्युजिल्याण्ड र इंग्ल्याण्डबीच अहमदाबादमा भइरहेको छ । न्यूजिल्याण्डका कप्तान टम लाथमले टस जितेर पहिले बलिङ रोजेका थिए ।
न्यूजिल्याण्डका कप्तान केन विलियम्सन घुँडाको चोटबाट निको भइरहेका छन् । त्यसैले टम लाथमले कप्तानी गरिरहेका छन् ।
इंग्ल्याण्डको टोलीमा कप्तान जोस बटलर बाहेक जोनी बेयरस्टो, डेभिड मलान, जो रुट, मोइन अली, लियाम लिभिङ्स्टन, क्रिस वोक्स, साम कुरान, आदिल राशिद र मार्क वुड रहेका छन् ।
न्युजिल्याण्डको टोलीमा डेभन कोनवे, विल योङ, रचिन रविन्द्र, डेरिल मिचेल, टम लाथम, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, जिमी नीशम, मिचेल सान्टनर, मान हेनरी, ट्रेन्ट बोल्ट रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment