क्रिकेटर शिखर धवन श्रीमतीबाट मानसिक यातना पीडित भएको अदालतको ठहर, डिभोर्स स्वीकृत

डिसी नेपाल
२० असोज २०८० ९:५८
1.0k
Shares

काठमाडौं । दिल्लीको एक पारिवारिक अदालतले भारतीय स्टार क्रिकेटर शिखर धवन र उनकी श्रीमती आयशाको सम्बन्धविच्छेदलाई स्वीकृत गरेको छ । शिखर धवन आफ्नी श्रीमती आयशा मुखर्जीसँग अलग बस्दै आएका थिए ।

यस क्रममा अदालतले शिखर धवनलाई छोरासँग वर्षौंसम्म अलग राखेर श्रीमतीले मानसिक यातना दिएको स्वीकार गरेको थियो ।

बीबीसी हिन्दीकी पत्रकार सुचित्रा मोहन्तीका अनुसार दिल्लीको पटियाला हाउस कोर्टले ३७ वर्षीय शिखर धवनलाई मानसिक यातना दिएको आधारमा सम्बन्धविच्छेद स्वीकृत गरेको हो ।

शिखर धवनका वकिल अमन हिंगोरानीले बीबीसीसँग कुरा गर्दै आफ्नो क्लाइन्ट अहिले निकै खुसी भएको र अब अदालतको आदेश पालना गर्ने बताएका छन् । अदालतले शिखर धवनले दिएको अधिकांश तर्कलाई स्वीकार गरेको छ ।

तर, अदालतले शिखर धवन र आयशा मुखर्जीका छोरा जोरावरको स्थायी अभिभावकत्व कसलाई दिने सम्बन्धमा कुनै आदेश दिन अस्वीकार गर्यो। अदालतले धवनलाई भारत र अष्ट्रेलियामा छोरालाई भेट्न अनुमति दिएको छ। धवनले अब आफ्नो छोरासँग भिडियो कलमा पनि कुरा गर्न सक्नेछन् ।

अदालतले आयशा मुखर्जीलाई छोराको स्कुल बिदामा हरेक वर्ष भारत आउन र कम्तीमा आधा बिदा बुवा र परिवारसँग बिताउन आदेश दिएको छ ।

धवनले आफ्नो याचिकामा दाबी गरेअनुसार आफ्नी श्रीमतीले सुरुमा आफूसँग भारतमै बस्ने बताएकी थिइन् । तर उनले त्यसो गर्न नसकेर पछि अष्ट्रेलियामै बस्नु पर्ने बताइन् । पहिलो विवाहबाट आयशाका दुई छोरी छन् । आयशाले आफ्ना पूर्व पतिलाई अस्ट्रेलिया नछोड्ने वाचा गरेकी थिइन् । हाल आयशा आफ्ना दुई छोरी र छोरासँग अष्ट्रेलियामा बस्दै आएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.