एसियाली खेलकुदमा क्रिकेटको फाइनल खेल रद्द, भारतलाई स्वर्ण पदक

डिसी नेपाल
२० असोज २०८० १५:४५
9.8k
Shares

काठमाडौं । चीनको हाङ्जाओमा जारी एसियाली खेलकुदको क्रिकेट फाइनल खेल वर्षाका कारण रद्द भएको छ ।

खेल सम्पन्न हुन सकेन तर राम्रो वरियता र प्रदर्शनका कारण भारतीय टिमलाई स्वर्ण पदक दिने घोषणा गरिएको छ ।

क्रिकेटको यो फाइनल खेल भारत र अफगानिस्तानबीच भएको थियो ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले १८.२ ओभरमा ११२ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो ।

भारतीय महिला क्रिकेट टोलीले पनि यसअघि एसियाली खेलकुदमा स्वर्ण पदक जितेको थियो । भारतले अहिलेसम्म २६ स्वर्ण जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.