इजरायल युद्धमा ९ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर
काठमाडौं । प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्। १४ नेपाली कार्यरत रहेको फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएको परराष्ट्र मन्त्रालयले बताएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ। दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन्।
शनिबार विहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment