विश्वकप : दक्षिण अफ्रिकासँग श्रीलंका पराजित

डिसी नेपाल
२० असोज २०८० २२:५४
296
Shares

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको छ । दिल्लीमा भएको खेलमा अफ्रिकाले श्रीलंकालाई १०२ रनले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको ४२९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले ४४.५ ओभरमा सबै विकेट गुमाएर ३२६ रन बनायो । श्रीलंकाका तीन खेलाडीले अर्धसतक बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । कुशल मेन्डिसले ४२ बलमा ४ चौका र ८ छक्को मद्दतमा ७६ रन बनाए । यस्तै चारिथ अस्लंकाले ६५ बलमा ७९ रन बनाउँदा कप्तान दसुन शनाकाले ६२ बलमा ६८ रन बनाए । दक्षिण अफ्रिकाका गेराल्ड कोट्जीले सर्वाधिक ३ विकेट लिए । यस्तै मार्को ज्यानसन, कागिसो रबाडा र केशव महाराजले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रन बनाएका थियो । दक्षिण अफ्रिकाका तीन खेलाडीले सतक बनाए । ओपनर क्वीन्टन डि ककले ८४ बलमा १२ चौका र ३ छक्काको मद्दतमा १०० रन बनाए । यस्तै रस्सी भान डेर डुसेनले ११० बलमा १३ चौका २ छक्को साथमा १०८ रन बनाउँदा एडेन मार्करमले ५४ बलमा १४ चौका र ३ छक्काको मद्दतमा १०६ रन बनाए । डेभिड मिलरले २१ बलमा ३९ रन बनाए । श्रीलंकाका दिल्शान मदुशनाकाले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.