बेसीशहर नगरपालिकाले दियो कैदीबन्दीलाई खसी उपहार
लमजुङ । बेसीशहर नगरपालिकाले कारागारका कैदीबन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा खसी सहयोग गरेको हो।
नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारी, कैदीबन्दीका नाईकेलाई उक्त खसी सहयोग गरेका हुन्।
नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जीवन बिताइरहेकाहरू परिवारबाट टाढा रहने भएकोले थोरै भए पनि चाडपर्वमा खुसी मिलोस् भनेर खसी प्रदान गरिएको बताए।
नगरपालिकाले चालुतर्फको अन्य सामाजिक सहायता शीर्षकबाट कैदीबन्दीलाई ४० हजार रुपैयाँको दुई वटा खसी सहयोग गरेको उनले बताए।
कारागारका जेलर कमलापती अधिकारीले दसैंमा कैदीबन्दीका लागि सरकारले थोरैमात्र सहयोग गर्ने भएकोले बेसीशहर नगरपालिकाको सहयोगले चाडपर्वमा कैदीबन्दीलाई खुसी थप्ने बताए।
खसी सहयोग कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नगरप्रमुखका स्वकीय सचिव कुमार अर्याल लगायत कर्मचारी र संचारकर्मीको उपस्थिती रहेको थियो।
लमजुङ कारागारमा ७ जना महिलासहित ८८ जना कैंदीबन्दी रहेको छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment