ओमनले नेपाललाई दियो १४६ रनको लक्ष्य

डिसी नेपाल
१६ कार्तिक २०८० १०:४२
396
Shares

काठमाडौं । आइसीसी विश्वकप छनोटअन्तर्गत आजको खेलमा ओमनले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।

ओमनका लागि कप्तान जीसन मकसूदले सर्वाधिक ३२ रन बनाए । नसीम खुसीले २५, प्रतीक अथावलेले २४, शकील अहमदले २२, आयन खानले १८ रन बनाए ।

नेपालको लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए । अविनाश बोहरा र गुलशन झाले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.