अस्ट्रेलियाका अलराउन्डर मिचेल मार्स विश्वकपबाट अनिश्चितकालका लागि बाहिरिए

डिसी नेपाल
१६ कार्तिक २०८० १६:५८
3.2k
Shares

काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर मिचेल मार्स व्यक्तिगत कारणले अनिश्चितकालका लागि विश्वकप २०२३ बाट बाहिर भएका छन् । क्रिकेट अष्ट्रेलियाले बिहीबार यो जानकारी दिएको हो ।

अहमदाबादमा नोभेम्बर ४ मा इङ्ल्यान्डसँगको खेलअघि अस्ट्रेलियाका लागि यो दोस्रो ठूलो झट्का हो। यसअघि अलराउन्डर ग्लेन म्याक्सवेल चोटका कारण बाहिर भएका थिए ।

अष्ट्रेलियाले अहिलेसम्म ६ खेल खेलेको छ जसमा उसले ८ अंक जोडेको छ र सबै खेल जितेर सेमिफाइनलमा पुग्न चाहन्छ । योसँगै इंग्ल्याण्डले पनि ६ खेल खेलेको छ र एउटा मात्रै जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.