क्यानले सार्बजनिक गर्यो, मुलपानी मैदानको आकर्षक दुई तस्विर
काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेटस (युएइ)का बीचमा केहीबेरमा प्रतिस्पर्धा सुरु हुँदैछ। आइसीसी टी-२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो।
सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ। खेल बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएको छ।

यसै सन्दर्भमा नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानी मैदानको सुन्दर तस्विर सार्बजनिक गरेको छ। आफ्नो ट्विटर ह्यान्डलबाट दुई तस्विर सार्बजनिक गर्दै क्यानले भनेको छ, ‘रोमाञ्चक मुलपानी क्रिकेट मैदान, बहुप्रतिक्षित आइसीसी पुरुष टी-२० विश्वकप फाइनल एशिया सेमिफाइनल नेपाल र युएई बीच भिडन्तको लागि तयार छन्।’
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment