नेपाल टस हारेर बलिङ गर्दै, टिममा दीपेन्द्र फर्किंदा सन्दीप जोरा आउट
काठमाडौं। काठमाडौंमा जारी टी-२० विश्वकपमा छनोटको सेमिफाइनलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ।
मुलपानीस्थित क्रिकेट मैदानमाम हुने खेलमाा नेपालले टस हारेर बलिङ गर्ने भएको छ। युएईका कप्तान मोहम्मद वासिम टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने छ। टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन्। सन्दीप जोरा बाहिरिएका छन्।
नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हुन्। समूह बी बाट ओमान विजेता र बहराइन उपविजेता भए। फाइनलमा प्रवेश गर्ने दुई टिम टी-२० विश्वकपमा छनोट हुनेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment