एउटा पनि खेल नहारेको भारतसँग खेल्नुअघि दक्षिण अफ्रिकाका कप्तानले के भने ?
काठमाडौं । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका दक्षिण अफ्रिकी टोलीका कप्तान टेम्बा बाभुमाले आफ्नो टोलीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्ने बताएका छन् ।
विश्वकपमा भारत र दक्षिण अफ्रिका पहिलो दुई स्थानमा छन् । यी दुईबीच आइतबार कोलकातामा खेल हुनेछ ।
भारतीय टोलीले अहिलेसम्म खेलेका सातवटै खेल जितेको छ भने अफ्रिकी टोलीले एउटा मात्रै खेलमा हार बेहोरेको छ ।
अफ्रिकी टोलीलाई ‘चोकर’ को रूपमा ट्याग गरिएको छ। दक्षिण अफ्रिकी टोलीसँग लगातार राम्रो खेल्ने र निर्णायक समयमा पराजित हुने इतिहास छ।
दक्षिण अफ्रिकाले पहिलो पटक सन् १९९२ मा विश्वकप खेलेको थियो, तर यो टोलीले अहिलेसम्म विश्वकप जित्न सकेको छैन।
‘चोकर्स’ ट्यागको बारेमा सोध्दा बाभुमाले भने, “मलाई यसको जवाफ कसरी दिने थाहा छैन।”
उनले भने, ‘मलाई लाग्दैन कि भोलि ‘चोक’ हुने जस्तो केही होला । मलाई लाग्दैन कि यदि भारतीय टोली ‘चोक’ भयो भने तपाईले यसो भन्नुहुनेछ।’
दक्षिण अफ्रिकाका कप्तान बावुमाले भने, ‘तपाईंको अगाडि दुई टोली छन्, जो फर्ममा छन् । उनीहरु एक अर्कासँग प्रतिस्पर्धा गर्न लागेका छन् । मलाई लाग्छ कि कुन टोलीले पहिला क्र्याक गर्छ र कुन टोलीले कमजोरीका क्षणहरूलाई पार गर्छ भन्ने कुरा हो।”
उनले भने, ‘हामी उनीहरूसँग पूर्ण शक्तिका साथ लड्नेछौँ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment