आमाको नामबाट नागरिकताका लिने बाटो खुल्यो

सुधा देव
२० कार्तिक २०८० ७:०६
204
Shares

राजविराज। जिल्ला प्रशासन कार्यलय सप्तरी आमाको नामबाट नागरिकताका लागि सिफारिस लिन जाने सेवाग्राहीलाई सिफारिस गरी पठाइदिन निर्देशन दिएको छ।

गैर आवासीय नेपाली तथा आमाको नाममा नागरिकताको लागि सिफारिस लिन कार्यालयमा आउने सेवाग्राहीलाई विस्तृत रुपमा पहिचान गरेर सिफारिस गर्न जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई पत्राचार गरेको हो।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा नगरपालिका, गाउँपालिकाका प्रमुखको उपस्थितिमा यो निर्णय भएकोले यसको कार्यान्वयनको लागि आदेशानुसार गर्न अनुरोध प्रशासकीय अधिकृत भीमराज बस्नेतद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

सिफारिस गर्नुपर्ने अनुसूचीका लागि नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली, २०६३ को अनुसूची ४क र ४ ख (बुवा पहिचान नभएको व्यक्तिको लागि) तथा अनुसूची ८ग, ८घ, ८च र ९ (गैर आवासीय नेपालीको लागि) लाई प्रयोगमा ल्याई सिफारिस गरी पठाउन पत्र मार्फत् स्थानीय तहसँग अनुरोध गरिएको हो।

यो निर्देशनसँगै आमाको नामबाट नागरिकता लिन पाउने बाटो खुलेको छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “आमाको नामबाट नागरिकताका लिने बाटो खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *