श्रीलंकाको क्रिकेट बोर्डलाई निलम्बन गरियो

डिसी नेपाल
२० कार्तिक २०८० १५:४६
3.0k
Shares

काठमाडौं । श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेका छन् । यससँगै अर्जुन रणतुङ्गाको संयोजकत्वमा अन्तरिम समिति गठन गरिएको छ ।

रणतुङ्गाको अध्यक्षतामा रहेको अन्तरिम समितिमा सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीश एस.आई. इमाम, रोहिणी मरासिङ्घे, उच्च अदालतका सेवानिवृत्त न्यायाधीश इरानगानी परेरा, उपली धर्मदासा, अधिवक्ता रकिता राजपाक्षे र हिशाम जमालदीन सदस्य छन् ।

श्रीलंकाले विश्वकपमा कुल सात खेल खेलेको छ र यो टोलीले दुई खेल मात्र जित्न सकेको छ। भर्खरै भारतले श्रीलंकालाई ५५ रनमा अलआउट गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.