विचित्र तरिकाले आउट भए श्रीलंकाका पूर्व कप्तान,यसरी आउट हुने इतिहासकै पहिलो खेलाडी बने

डिसी नेपाल
२१ कार्तिक २०८० ६:३२
3.7k
Shares

काठमाडौं । दिल्लीको अरुण जेटली स्टेडियममा बंगलादेश र श्रीलंकाबीचको खेलमा श्रीलंकाका खेलाडी एन्जेलो म्याथ्युजलाई टाइम आउट गरिएको छ ।

आईसीसीको नियम अनुसार क्रिजमा रहेका खेलाडी आउट हुँदा उनको प्रतिस्थापनले बढीमा दुई मिनेटभित्र बलरसँग सामना गर्न तयार हुनुपर्छ ।

यस्तो अवस्थामा एन्जेलो म्याथ्युज निर्धारित समयभन्दा अगाडि नै मैदानमा पुगेका थिए । तर, हेल्मेट ठीक अवस्थामा नभएका कारण उनले निर्धारित समयभन्दा अगाडि बलरको सामना गर्न सकेनन् ।

यसपछि बंगलादेशको टोलीले यस नियमअनुसार उनलाई आउट घोषित गर्न अम्पायरसँग अपिल गरेको थियो, जसलाई अम्पायरले स्वीकार गर्दै एन्जेलो म्याथ्युजलाई आउट घोषणा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.