‘टाइम आउट’ भएपछि एन्जेलो म्याथ्युजले हेल्मेट फ्याँके
काठमाडौं । श्रीलंकाका खेलाडी एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा टाइमआउट हुने पहिलो खेलाडी बनेका छन् ।
सादिरा समराविक्रमा आउट भएपछि म्याथ्युज श्रीलंकाको स्कोरलाई अगाडि बढाउन क्रिजमा पुगेका थिए ।
यसअघि श्रीलंकाको स्कोर २४.२ ओभरमा चार विकेट गुमाएर १३५ रन थियो।
एन्जेलो म्याथ्युज आइसीसीको समयसीमाभित्र ब्याटिङ गर्न क्रिजमा पुगेका थिए, तर उनले आफ्नो हेल्मेटको स्ट्र्यापलाई कस्नका लागि तानेपछि त्यो चुँडियो । उनले अर्को हेल्मेट मागे ।
यसैबीच, दुई मिनेटको समय सीमा बित्यो र बंगलादेशले अम्पायरलाई उनलाई आउट घोषित गर्न अपील गर्यो।
यसपछि उनले बंगलादेशका कप्तान शकिब अल हसनलाई उनको हेलमेटमा केही समस्या भएको कुरा बुझाउने प्रयास गरे ।
तर शकिब अल हसनले आफु आफ्नो अपिलमा गम्भीर रहेको बताए ।
यसपछि अम्पायरले उनलाई आउट घोषित गरे र उनी अन्तर्राष्ट्रिय क्रिकेटमा टाइमआउट हुने पहिलो खेलाडी बने ।
म्याथ्युज पभेलियनतर्फ फर्किंदै गर्दा हेल्मेट फालेको देखियो, जसको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
आईसीसीको नियम अनुसार क्रिजमा रहेका खेलाडी आउट हुँदा उनको प्रतिस्थापनले बढीमा दुई मिनेटभित्र बलरसँग सामना गर्न तयार हुनुपर्छ ।







डिसी नेपाल







Facebook Comment