एन्जेलो म्याथ्युजको ‘टाइम आउट’ बारे चौथो अम्पायरको स्पष्टीकरण
काठमाडौं । विश्वकपमा बंगलादेश र श्रीलंकाबीचको खेलमा एन्जेलो म्याथ्युज ‘टाइम आउट’ भएको विषयमा चौथो अम्पायरले वक्तव्य जारी गरेका छन् ।
चौथो अम्पायर एड्रियन होल्डस्टकले एन्जेलो म्याथ्युज निर्धारित समयभित्र बल खेल्न तयार नभएकाले नियमअनुसार आउट भएको स्पष्ट पारे ।
विकेट खस्दा टिभी अम्पायरले दुई मिनेट मनिटर गर्ने र त्यसपछि मैदानका अम्पायरहरूलाई सन्देश पठाउने गरेको बयानमा उल्लेख छ ।
उनले भने ‘आज दिउँसो ब्याट्सम्यानले हेलमेटको स्ट्र्यापमा समस्या भएका कारण ती दुई मिनेटमा बल खेल्न तयार थिएनन्।’
टाइम आउटका लागि अपिलको सन्दर्भमा उनले प्लेइङ कन्डिसनको नियम अनुसार फिल्डिङ कप्तानले अम्पायरसमक्ष टाइम आउटका लागि अपिल गर्न सक्ने र यो घटनामा पनि त्यस्तै भएको बताए ।
चौथो अम्पायरले मैदान प्रवेश गर्नुअघि ब्याट्सम्यानको सामान राम्रोसँग जाँच्ने जिम्मेवारी ब्याट्सम्यानकै रहेको बताए ।
उनले प्राविधिक रूपमा खेलाडीले ५० सेकेन्डभित्रै बल खेल्नको लागि पुग्नुपर्ने बताए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment