विवादित टाइम्ड आउट अपिल गरेका बंगलादेशका कप्तान शाकिब विश्वकपबाट बाहिरिए

डिसी नेपाल
२२ कार्तिक २०८० १२:००
10.4k
Shares

काठमाडौं । बंगलादेशका कप्तान शकिब अल हसनले नोभेम्बर ११ मा हुने विश्वकप क्रिकेटमा अस्ट्रेलियासँगको खेल खेल्न पाउने छैनन् ।

आईसीसीले विज्ञप्ति जारी गर्दै शकिब अल हसन हातको औंलामा चोट लागेका कारण विश्वकपबाट बाहिरिएको जनाएको छ ।

सोमबार ६ नोभेम्बरमा श्रीलंकाविरुद्धको खेल खेल्दा शकिबको औंलामा चोट लागेको थियो ।

खेलपछि शकिबको एक्स–रे गरिएको थियो जसमा फ्र्याक्चर भएको आईसीसीले जनाएको छ ।

बंगलादेशका फिजियो बेजेदुल इस्लाम खानले भने, “खेलको सुरुमै शकिबको औंलामा चोट लागेको थियो तर उनले पेनकिलर र ट्यापिङको मद्दतले खेल खेल्न जारी राखे।”

उनले भने, “म्याच पछि, उनको दिल्लीमा आपतकालीन एक्स-रे गरियो, जसमा बायाँ पीआईपी जोइन्टमा फ्र्याक्चर देखिएको थियो। उनी तीनदेखि चार हप्तामा निको हुने अपेक्षा गरिएको छ। उनी आज पुनर्वासका लागि बंगलादेश प्रस्थान गर्नेछन्। ”

शकिबले ६५ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै ८२ रनको विजयी इनिङ खेल्दै श्रीलंकामाथि तीन विकेटले जित दिलाए ।

यो खेल कप्तान शकिबको टाइम आउटको अपिलका कारण चर्चामा आएको थियो । श्रीलंकाका एन्जेलो म्याथ्युज दुई मिनेटभित्र बल खेल्न तयार नभएपछि उनले टाइम आउटका लागि अपिल गरे, जसलाई अम्पायरले स्वीकार गरेका थिए ।

यद्यपि म्याथ्युजले आफू दुई मिनेटमै क्रिजमा पुगेको बताउँछन् तर हेल्मेटको स्ट्र्याप भाँचिएका कारण उनले पिच छोड्नुपरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.