यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

डिसी नेपाल
२२ कार्तिक २०८० १५:५७
2.7k
Shares

काठमाडौं। एसियन क्रिकेट काउन्सिल (एसीसी)ले यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ।

बुधबार सार्वजनिक गरिएको तालिकाअनुुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ।

आउँदो २२ मंसिरमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपालले समूह ए मा रहेका भारत र अफगानिस्तानसँग पनि खेल्नेछ । जसअनुसार नेपालले २४ मंसिरमा अफगानिस्तान र २६ मंसिरमा भारतसँग खेल्नेछ।

यही २२ मंसिरदेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ। जसलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल २९ मंसिरमा र फाइनल १ पुसमा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *